BankingBusiness News
५ सयका नक्कली नोट,एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले असार १५ गते ललितपुरको इमाडोलबाट मकवानपुर घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले भोम्जनको साथबाट ५ सय दरका १६० थान गरी जम्मा ८० हजार बराबरको नक्कली नोटहरू बरामद गरेको थियो ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।