
काठमाडौं।पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन्।
धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पुँजी बजार फोरमको सदस्यमा चयन भएका हुन्।
नेपालको पुँजी बजारमा डेढदशकभन्दा बढी समयकोअनुभव हासिल गरेका ढकाललाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघअध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन्।
लामो समयदेखि नेपालको पुँजीबजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमाअघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास रहेको छ।ढकाल भर्खरैमात्रै धितोपत्रबोर्ड र नेपालस्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज -ब्रोकर नम्बर ६३०- को समेत अध्यक्ष हुन्।
नयाँ ब्रोकरले लाईसेन्सअनुमति पाउनुमा ढकालको ठूलो योगदान रहेको छ।संसदको अर्थसमितिले तत्काल ब्रोकर लाईसेन्स रोक्ने निर्णय गरेको अवस्थामा उनले उक्त समितिअन्तरगतका हरेक संसदलाई भेटी पुँजी बजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँब्रोकर लाईसेन्स दिलाउन सफल भएका थिए।
ढकालसँग हालसम्म आधा दर्जन वित्तीय संस्थामा संचालककोरुपमा रहेर काम गरेको अनुभव रहेको छ।व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन्।हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्यसमेत रहेका छन्।
आफु पुँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयरबजारलाई थपसुदृढ र विश्वसनीय बनाएरअघिबढाउन पहल गर्ने बताए।
‘हतग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आवद्धरहेको सेयरबजारअहिले सिथिल भएकोछ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोवन उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु।’जोयग्रूपकाअध्यक्ष रहेका ढकाललको १ दर्जन भन्दा बढी कम्पनीमा लगानी रहेको छ।