शनिवार देखि सोमबारसम्म वर्षा, यस्तो हुने छ तीन दिनको मौसम
काठमाडौ । देशमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार
देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। राती कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आइतबार
आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार
सोमबार पदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको हुने छ ।
आगामी तीन दिन देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा आग्रह गरेको छ ।