BrandingBusiness NewsInsurance & Finance

नारायणगढ-मुग्लिन सडक नौ घण्टापछि खुल्यो, सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड नौ घण्टापछि आज विहानदेखि दुइतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन ।नारायणगढ–मुग्लिन सडकखण्ड असार लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध भइरहेको छ ।

पहिरोको कारण सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक पटक पहिरोको कारण यात्रुले सास्ती खोप्नु परेको भन्दै मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह समेत गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button