BrandingBusiness NewsCorporateInsurance & Finance

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा जोशी,यस्तो बन्यो टिम

कठमाडौ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा साहारा जोशी चयन हुनुभएको छ

नेपाली युवा उद्यमी मञ्चको काठमाडौमा भएको १९ औं वार्षिक साधारण सभले जोशीलाई अध्यक्ष चयन गरेको हो ।

नयाँ कार्यसमितीको प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, दोस्रो उपाध्यक्षमा निभिता प्रधान महिला उपाध्यक्ष ऋचा श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सदस्यमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ चयन हुनुभएको छ ।

काठमाडौको र्याडिसन होटलमा भएको १९औँ वार्षिक साधारणसभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो ।

“नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमान्डौ लगाएत देशका विभिन्न ठाउमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । साथै, यस वर्षको उद्देश्य च्याप्टर लाई सुदृढ गर्ने, संगठनात्मक दृश्यता बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने पनि समावेश थियो ।

कार्यक्रमको उदघाटन उद्योग मन्त्री रमेश रिजालले गर्नु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button