Info-Tech

रियलमीकाे नार्जो एन-५३ सार्वजनिक,

काठमाडौ । रियलमीले नेपाली बजारमा नार्जो एन ५३ सार्वजनिक गरेको छ । नार्जो एन ५३ जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको हो ।

युनिसोक टाइगर टि ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन ५३ एक पावरहाउस हो । यो संयोजनले एफिसिएण्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ जसले गर्दा एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सकिनेछ ।

४६ जीबी एलपिडिडिआर ४एक्स ¥याम भएकोले नार्जो एन-५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ । त्यस्तै यसमा भएको ६४र१२८ जीबी स्टोरेजलाई २ टीबीसम्म बढाउन सकिने हुनाले मिडिया, गेमहरू लगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ ।

एन५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि राम्रो छ । यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा सेल्फिहरु लिन सकिनेछ ।

नार्जो एन ५३ मा ६.७४ इन्चको एफएचडि आईपीएस एलसिडि डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव लिन सकिन्छ। त्यस्तै ४५० निट्सको पिक ब्राईट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ जसले तपाईंको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमि आउन दिने छैन । “फेदर गोल्ड“ र “फेदर ब्ल्याक“ जस्ता आकर्षक रंगहरूमा उपलब्ध यस नेक्स्ट–जेन शिक नार्जो एन ५३ को मोटाइ भने ७।४९ मिलिमिटर रहेको छ ।

४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार ९९९ रूपैयाँ रहेको छ भने ६ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९९९ रूपैयाँ रहेको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button