Info-Tech

आठ अर्ब लागतमा ३० महिनामै बन्यो अपर चमेलिया

काठमाडौ । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्गृहमा पानी खसालेर शुक्रबार परीक्षण सुरु गरिएको हो ।

आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ। शुक्रबार बिद्युतगृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपाने जानकारी दिनुभयो । आज उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपाने बताउनुभयो ।

चमेलिया जलविद्युत आयोजना आठ अर्ब लागतमा ३० महिनामै निर्माण भएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button