Banking

एक्सेल डेभलपमेन्ट वैंक उन्नाइसौ बर्षमा प्रवेश,EDBL Green Loan को शुरुवात


झापा । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले वित्तीय १८ बर्ष पुरागरी १९ बर्षमा प्रवेश गरेको छ । वैंकले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा श्रावण ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पु¥र्याउने हेतु वैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै श्रावण ६ गते वार्षिक उत्सवका दिन बैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरु सहित प्रभात फेरी कार्यक्रम सम्पन्न गर्यो ।

प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोर¨, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ ।

यस्तै उदयपुरको रामपुरमा केहिदिन भित्रमा नया शाखा संचालनमा आउनेछ । बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

सञ्चालक अमित कुमार अग्रवालको अध्यक्षतामा आयोजित प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई रहनुभएको सो कार्यक्रममा बैंकका पुर्व अध्यक्ष हेमराज ढकाल र पूर्व प्रबन्ध संचालक खगेन्द्र नाथ ढुंगानालाई सम्मान गरिएको थियो ।


साथै वार्षिकोत्सवको अवसरमा बैंकले वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषी उत्पादन, वातावरण मैत्री उद्योग लगायत बिद्यूतीय सवारी साधनहरुको प्रवर्धन गर्नको लागि EDBL Green Loan को शुरुवात गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button