BankingBrandingBusiness News

ग्लोबल आइएमईले महिलालाई नि:शुल्क क्रेडिट कार्ड दिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button