BreakingBusiness NewsPoliticsTrending

सबैले इमानदार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ : अर्थमन्त्री डा.महत

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुपर्‍यो । सबै इमानदार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं ।’

डा.महतले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको बताउँदै त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको समेत बताए । 

‘तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजश्व घटिरहेको छ भने त्यो अवस्थामा तपाईंहरुमाथि पनि प्रश्न उठ्छ । हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्लियौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दिएऔं यसकारण कम राजस्व उठ्यो’ उनले शंका भावमा जिज्ञासा राखे । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button