यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९०, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ४०, हरियो फर्सी ७०, घिरौँला २० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी ३५,पिँडालु ६०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ