BrandingBreakingBusiness NewsTrendingUncategorized

घट्यो सुनको मूल्य

काठमाडौं- नेपाल सुनचाँदी महासंघले लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । महासंघले हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यस्तै, आज ३०० रुपैयाँले घटेर कारोबारमा आएको महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button