BankingBrandingBreakingBusiness NewsTrending

राष्ट्र बैंकले पेन्सन कोषको १ अर्ब १५ करोड ब्याजमा लगानी गर्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १ अर्ब १५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० भदौ ३ गतेदेखि आगामी वर्ष २०८१ भदौ ३ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । 

मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले साउन २३ गतेदेखि साउन २५ गते बेलुका ७ बजेभित्र आवेदन दिन सक्नेछन् । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले उचित ब्याजदर प्रस्तावसहित आफुले चाहेको निक्षेपका लागि तोकिएको समय सीमाभित्र आवेदन दिन सक्नेछन् । तर निक्षेपका लागि तोकिएको शर्त भने पुरा गर्नुपर्नेछ । 

केन्द्रीय बैंकका अनुसार कूल १ अर्ब १५ करोड रुपैयाँ मध्य ९२ करोड रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने १७ करोड २५ लाख रुपैयाँ ख वर्गका विकास बैंकहरुका लागि र ५ करोड ७५ लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button