
BrandingBusiness NewsShare Market
सेयर प्रो सेक्यूरिटीजद्धारा डि–म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट
काठमाडौं । सेयर प्रो सेक्यूरिटीजद्धारा डि म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट दिने व्यावस्था गरेको छ ।
सेयर प्रो सेक्यूरिटीजले जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्दै आएको छ ।
ग्राहकहरुको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षीत गरी कम्पनीले प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुटको योजना सार्वजनिक गर्दछ ।
यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्नुहुनेछ । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।