BankingBrandingBusiness NewsCorporate

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित मंंगलम डायग्नोसिस सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित होटल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवाहरुमा अधिकतम १०%, हेटौडा मकवानपुरमा अवस्थित रिगल हेटौडा रिसोर्ट प्रालिका सेवाहरुमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित निसर्ग अस्पताल प्रालिका सेवाहरुमा अधिकतम २०%, हेटौडा मकवानपुरमा अवस्थित विशुद्ध मोमोचाका सेवाहरुमा १०%, र भरतपुर चितवनमा अवस्थित कबिलास रिसोर्ट एन्ड फनपार्कका सेवाहरुमा १०%को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button