Breaking

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

दाङ, १ भदौ । दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ । 

आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button