Breaking

बालुवाटार जग्गा प्रकरण : सीईआबीले लियो माधवकुमार र बाबुरामसँग बयान

काठमाडौ, ४ भदौ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । 

आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना भइरहेका बेला सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उनीहरुसँग बयान लिएको हो । सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो ।

निर्णय गर्नेलाई कारबाही नगर्न खोजेको र निर्देशन पालना गर्ने कर्मचारी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको थियो । सर्वाेच्च अदालतको आदेशलाई तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीलाई बयान लिन बाटो खुलेको हो । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button