Breaking

आज काठमाडाै‌ र ललितपुरकाे केन्द्र भागमा बत्ति जाने

काठमाडौं, १६ भदौं। आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ । 

नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो । 

प्राधिकरणका अनुसार आज शनिबार साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुन सक्नेछ ।

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  ६ः३०  बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button