Breaking

बेसीशहरका टोल टोलमा स्टेचर वितरण

लमजुङ २१ भदाै । बेसीशहर नगरपालिका वडा नं. ११ ले वडा भित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ ।

वडाको आर्थिक बर्ष ०८०/०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो । वडा नं. ११ का वडा अध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् ।

विपद् जतिखेर पनि आउन सक्ने भएकाले प्रतिकार्यका लागि टोलटोलमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष शिव जोशीले बताए । सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पतालसम्म पुर्याउन स्टेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उनले बताए।

आर्थिक बर्ष ०८०/०८१ मा वडाले स्टेचर खरीदका लागि ४५ हजार रुपैयाँ रकम छुटाएको वडाले जनाएको छ । ’जहाँ आवश्यक पर्छ त्यही दिन्छौं,’ उनले भने, ’ हाम्रो जस्तो भौगोलिक विकट ठाउँमा स्टेचरको आवश्यकता निकै महसुस भएकोले खरिद गरीएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button