Breaking

स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता– बालिका मृत्यु प्रकरणका दोषीलाई कारबाही हुन्छ

काठमाडौं, २४ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन् । 

इजिप्टमा आयोििजत जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपचारका लागि अस्पताल ल्याइएकी बालिकाको पालो कुर्दाकुर्दै मृत्यु भएको प्रकरणमा दोषी देखिएकामाथि कानुनी कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । 

उच्च स्वरोसहित समस्या देखिएपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको पालो कुर्दाकुर्दै मृत्यु भएको थियो । 

उक्त घटनाका दोषीमाथि कारबाही हुने बताएका उनले आफूले घटनाबारे जानकारी पाएलगत्तै इजिप्टबाट नै सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको बताए ।
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button