BreakingPolitics

जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना

काठमाडौं, २५ भदौ । नेपाली जनसम्पर्क समिति अमेरिकाले ‘प्रथम बिपी साहित्य महोत्सव’ सफलताको शुभकामना व्यक्त गरेको छ।

जनसम्पर्क समितिका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्य समेत रहेका आनन्द विष्टले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको आयोजनामा आइतवारबाट तीन दिनसम्म सञ्चालन हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन्।

‘कांग्रेसले केन्द्रीय कार्यसमितिले नेपाली राजनीतिका शिखर पुरुष, महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा ‘प्रथम बिपी साहित्य महोत्सव’ आयोजना गर्ने खवरले हर्षित तुल्याएको छ। तीन दिनसम्म (भदौ २४,२५ र २६ गतेसम्म) जारी रहने यो महोत्सव पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। आइतबारबाट कांग्रेस मुख्यालय सानेपामा बिपी साहित्य महोत्सव सुरु भएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button