Breaking

चोरी गरेको आराेपमा तीनजना पक्राउ

कास्की, २९ भदाै ।  चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button