Politics

प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभाबित क्षेत्र पुग्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदुरपश्चिम प्रदेशमा पुग्दैछन । गत मंगलबार र बुधबार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदुरपश्चिम प्रदेश जान लागेका हुन् ।  

उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाइ अावाश्यक निर्देशन दिने छन् ।

 

प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रबिन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिइसकेका छन् । 

 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सबन्धित निकायहरूलाइ निर्देशन दिएका थिए । 

 

 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button