Breaking

 देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ  देशका विभन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ  सिरहा, रुकुम पश्चिम, भक्तपुर, कञ्चनपुर र मकवानपुरमा सवारी दुर्घटना भएका हुन् ।सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित सडकमा शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय अशोक रायको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूकुम पश्चिमको सानिभेरी गाउँपालिका-१० घनठानास्थित सडकमास्काईभेटरको ठक्करबाट सोही ठाउँ बस्ने भरत बहादुर खड्काको छोरा ७ वर्षीय चन्द्र लाल खड्काको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । स्काईभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता भक्तपुरको सूर्यबिनायक नगरपालिका-५ श्रीजनानगर चोकमा मोटरसाइकल ठोकिएर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी घर भएका २३ वर्षीय राम शरण आलेमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६ पुरानो बस्तीस्थित सडकमा राति दुर्घटना हुँदा मोटरसाइकल चालक दोधारा चाँदनी नगरपालिका-६ शान्ती टोल बस्ने ३३ वर्षीय गोपाल सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पताल हुँदै भारतको खटिमा प्रयास हस्पिटलमा थप उपचारको क्रममा मृत्यु भएको होमोटरसाइकल चालक दोधारा चाँदनी नगरपालिका-६ शान्ती टोल बस्ने ३३ वर्षीय गोपाल सुनारको मृत्यु भएको छ ।

मकवानपुरको थाहा नगरपालिका-११ कुन्छालस्थित सडकमा कन्टेनर गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक नुवाकोट बेलकोट बस्ने ४२ वर्षीय दिप श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button