BreakingPolitics

हिक्मतकुमार कार्कीले पदबाट दिए राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबी गरे ।प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । 

‘एमाले संवैधानिक सर्वोच्चताको पक्षमा रहेको छ । म दुई पटक अदालत जानु पदका लागि होइन,’ उनले भने । आज कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताउँदै दलहरूले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु पर्नेमा उनले जोड दिए ।उनले प्रदेशको अङ्कगणितलाई ख्याल नगर्ने हो भने मध्यावधिमा जाने देखिएको बताए । यद्यपि जनताको चाहना र मुलुकको अवस्थाले निर्वाचन गराउनु उपर्युक्त नभएको उनको भनाइ छ । एमाले  कांगेस, माओवादीसँग पूर्वाग्रह नराखी सहमतिका साथ अगाडि बढ्न तयार रहेको बताउँदै कार्कीले आफू चार वर्ष प्रतिपक्षीमा बसेर काम गर्न तयार रहेको पनि बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button