BreakingEntertainment

बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की

  बलिउडका स्टार शाहरुख खानलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिए पछि मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गर्ने भएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको मुम्बई प्रहरीलाई सूचना प्राप्त भएको हो ।

केही मिडिया रिपोर्टहरूमा खान आफैले यसबारे उजुरी गरेका थिए, त्यसपछि उनको सुरक्षा बढाउने निर्णय गरिएको उल्लेख छ । सन् २०१४ मा उनलाई ग्याङस्टर रवि पुजारीले ज्यान मार्ने धम्की दिएका थिए । त्यस्तै, सन् २०१० मा माई नेम इज खान चलचित्रका दौरान पनि उनलाई कयौँ धम्की आएको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button