BreakingPolitics

इजरायलमा रहेका नेपालीको चाडो उद्धार गर्न सरकारसँग माओवादीको माग

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले इजरायलमा रहेका नेपालीहरूको छिटोभन्दा छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ।   सोमबार सिंहदबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारसँग इजरायलमा रहेका नेपालीको चाडो उद्दार गर्न माग गरेको हो।   माओवादीले इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु भएकोप्रति दु:खसमेत व्यक्त गरेको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल समस्याबारे निर्णय लिन आजै विशेष मन्त्रिपरिषद् र सर्वदलीय बैठक डाकेका छन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button