BreakingheadlinePolitics

इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपाली मारिएको घटनामा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय भएको छ’, उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झसरण्ण्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा आज(मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो ।

हमासको आक्रमणमा परी शनिबार १० जना नेपालीको मृत्यु भएको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button