Entertainment

‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किए निश्चल बस्नेत

काठमाडौँ । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित भएका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहे । उनी हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका छन् । दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको  छ । 

चलचित्र दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button