BrandingBusiness NewsCorporate

एनसेलका सीईओ जाबोरलाई लेखा समितिले बोलायो

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्नका साथै सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाएको छ

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको हो भने ८० प्रतिशत शेयर बिक्री प्रकरणमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाबोर कायुमोभ लाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

एनसेन खरिद बिक्रीमा प्रक्रिया र सेयर अंक अस्वाभाविक रहेकोले करछली भएको आशंका रहेकोले छानबिन गर्नुपर्ने निष्कर्ष समितिको छ ।

बैठकमा धारणा राख्ने धेरैजसो सांसदहरुले एनसेल खरिद बिक्री प्रकरणमा उच्चस्तरका नेताहरुको समेत संलग्न रहेको आरोप लगाएका थिए । उनीहरुले नेपालमामा लगानीको वातावरण नभएर बाहिरिन लागेको भन्ने एनसेलको विज्ञप्तिका विषयमा पनि नेपाल सरकारको प्रस्ट धारणा आउनुपर्ने बताएका हुन ।

आजियाटाले आफूसँग रहेको सबै शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेच्ने बताएपछि एनसेन बिवाद बाहिर आएको हो । विदेशी कम्पनीलाई शेयर बेच्दा नेपालको कानूनी प्रकृयामा समेत प्रश्न उठाइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button