BrandingBusiness NewsCorporate

एलजी फ्ल्यागसिप शोरुमको पुनः शुभारम्भ

काठमाडौ । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरू विश्वस्तरीय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ भएको छ । एलजी इलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त शोरुमको उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।

एलजी फ्ल्यागसिप शोरुमहरू आधुनिक तथा प्रवीणतम् डिजाइनमा खोलिएको छ । यी शोरुमहरूमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरू जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामग्रीहरू उपलब्ध छन् ।

यी शोरुमहरू हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहनेछ ।

यस एलजी शोरुमहरूको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्स्चेञ्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ । र विभिन्न एलजीका सामग्रीहरूको लाइभ डेमो पर्सनल जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी फ्ल्यागसिप शोरुमहरूले फ्री डेलिभरी सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button