AutoBreakingBusiness NewsCorporateTrending

होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा

काठमाडौं- होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । आजबाट शुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो ।

५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निशुल्क रुपमा गराउन पाउनेछन् ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button