AutoCorporate

आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो ।

यससँगै अब नेपालमा टिभिएस आईक्यूबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुनेछन् । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । कम्पनीका अनुसार टीभीएस आईक्यूब पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताका सिद्धान्तबाट प्रेरित छ ।

उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले विश्वभरी ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्यूब ब्रान्डलाई रोजेको जानकारी दिए । कम्पनीकाअनुसार नयाँ आईक्यूब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।

आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ बिहीबारदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ । बुधबार एक कार्यक्रमका बीच उक्त इलेक्ट्रिक स्कुटर लन्च गरिएको थियो । सो कार्यक्रममा टिभिएस मोटर कम्पनीका इभी इन्टरनेशनल भाइस प्रेसिडेन्ट मुधप्रकाश सिंहले नेपालमा आईक्यूबको यात्रा निकै फलदायी हुँदै आएको बताए ।

त्यस्तै, जगदम्बा मोटसएका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्यूब २.२ किलोवाट आवर भेरियन्टको प्रवेशले नेपाली दुई पांग्रे ईभी क्षेत्रमा भएको परिवर्तनमा अझ गति थप्ने बताए । यस्तै उनले टीभीएसले क्यालिटिको मामलामा कम्परमाइज नगर्ने बताए । उनले भने, ‘टीभीएसले क्वालिटीमा कम्प्रोमाइज गर्दैन, कम्पनीले धेरै रिसर्च गरेर मात्र प्रोडक्ट बजारमा ल्याउँछ ।’ कार्यक्रममा कम्पनीले राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरूलाई सम्मान पनि गरेका थियो 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button