कुमारी बैंकले लक्जमबर्गको माइक्रोफाइनान्सबाट १० मिलियन अमेरिकी डलर ऋण सम्झौता

काठमाडौ। कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानुनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसिलिटीसँग व्यावसायिक ऋण सम्झौता गरेको छ।

सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसिलिटीबाट १० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ।

यस कर्जाको प्रयोग विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरुसँग सम्बन्धित साना तथा मझौला उद्यमलाई ऋण प्रादान गरी सशक्तीकरण गर्नु रहेको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ