BankingBreakingBusiness News

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ ।

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

अर्थ मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू कार्यदलमा सदस्य रहेको उल्लेख गरेको छ । दसैँ, तिहार, छठलगायत चाडबाडलाई दृष्टिगत गरी चोरी–पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील सीमा नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय पनि केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले गरेको छ ।

त्यसैगरी, राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने र राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

आयातको परिमाणमा अस्वाभाविक कमी देखिएका वस्तुहरूको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरी पैठारी हुनसक्ने संवेदनशील नाकामा विशेष निगरानी राख्ने निर्णयसमेत भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button