BrandingBusiness News

२०० ले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको जानकारी दिएको हो ।महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ थियो ।

यो साताको शुक्रबारसम्म आइपुग्दा २०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ ।यो साता नेपाली स्थानीय बजारमा इतिहासकै कीर्तिमानी मूल्यमा सुनको कारोबार भएको थियो । निरन्तर बढ्दै सुनको मूल्य सोमबार तोलामा १ लाख २१ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । यो कीर्तिमानी मूल्य हो । यस्तै, ८० रुपैयाँ घटेसँगै यो साता चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ ।गत साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम थियो । त्यसयता निरन्तर घट्दै चाँदीको अन्तिम मूल्य १४ सय ६० रुपैयाँ कायम भएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button