BrandingBusiness NewsCorporateeducation

सन् सेक्युरिटिज र युनिग्लोब स्कुलबीच सम्झौता,वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौ । सन् सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ ।

सन् नलेज पार्टनरसिप कार्यक्रम अन्तर्गत भएको सो सम्झौतामा सन् सेक्युरिटिजले युनिग्लोब कलेज अन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरूसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरूका साथै धितोपत्रको दोश्रो बजार अन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरू प्रदान गर्नेछ ।

उक्त सम्झौता अन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरूलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरूलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।

साथै, कलेजसँगको समन्वयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरू समेत प्रदान गर्नेछ । सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा। गणेश रेग्मीले हस्ताक्षर गरेका थिए । सन् सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा बोल्दै सन् सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले सन् नलेज पार्टनरसिप कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीहरूलाई नेपालको शेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोसिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पुँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरू वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button