आइएमई र वान प्वाइन्टबीच रेमिट स्विच सम्झौता

काठमाडौं । आइएमई लिमिटेड र ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता भएको छ ।
रेमिट्यान्ससम्बन्धी सेवालाई थप स्वचालित बनाउन ती दुई कम्पनीबीच रेमिट स्विच समझदारी भएको हो ।
समझदारी पत्रमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आइएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यासअनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विचमार्फत् ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने जनाइएको छ ।
आइएमई लिमिटेडमार्फत् प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरुको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ । अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआइ स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा शुरु गरेको हो ।
यसमार्फत् एपिआइ इन्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरु आफैँ सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडि बढ्न सक्ने जनाइएको छ ।