Business NewsCorporate
श्री एयरलाइन्सका सबै विमान ‘ग्राउन्डेड’
काठमाडौ । काठमाडौँबाट धनगढीका लागि उडेको विमानमा शनिबार दिउँसो समस्या देखिएपछि श्री एयरलाइन्सका सबै विमान ‘ग्राउन्डेड’ गरिएको छ ।
शनिबार दिउसो विमानमा समस्या देखिएपछि धनगढी पुग्नै लागेको विमान काठमाडौँ फिर्ता आएको थियो ।
काठमाडौबाट धनगढीका लागि साढे ३ बजे उडेको विमानमा समस्या देखिएपनि सकुसल अवतरण गरिएको हो।विमानमा ‘हाइड्रोलिक समस्या’ कारण समस्या आएको बताइएको छ ।