Business NewsCorporateInsurance & Finance

मेटलाइफ फाउन्डेसनले गर्यो चितवन राष्ट्रिय निकुञ्ज पुनरुत्थान परियोजना सहयोग

नवलपरासी। मेटलाइफ फाउन्डेसनले नवलपरासी बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि ५ हजार रुख रोपिएको थियो ।

परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुर्नस्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक महत्वका क्षेत्रमा वन पुनर्स्थापना गर्न मध्यवर्ती क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ ।

नेपालका जंगलहरू सौन्दर्यले भरिपुर्ण एक प्राकृतिक बरदान हुन्, जसमा धेरै लोपोन्मुख वन्यजन्तु प्रजातिहरू छन् । चितवन राष्ट्रिय निकुञ्ज वरपरको इकोसिस्टममा अत्यधिक फसल काट्ने, जंगलमा लागेको आगो र अनियोजित कृषि उत्पादनले ठूलो असर पारेको छ।

स्थानीय वन विभागले आगामी वर्ष यी ग्रामीण समुदायहरूका रूखहरू, महत्त्वपूर्ण बोटबिरुवाहरू र वन्यजन्तु प्रजातिहरूको मर्मत सम्भार र संरक्षणको निरीक्षण गर्नेछ । थप रूपमा, यस परियोजनाले स्थानीय वन कार्यक्रम प्रारम्भ गर्न स्थानीय महिला नेतृत्वको टोलीहरू विकास गरेर समुदायमा महिला सशक्तिकरणमा पनि ध्यान केन्द्रित गरेको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भनेः“जलवायु परिवर्तन र वातावरणीय जोखिमहरू विरुद्ध लड्न जैविक विविधता र प्राकृतिक स्रोतहरू आवश्यक छन्। मेटलाइफ फाउन्डेसनको यो सहयोगले लोपोन्मुख प्रजातिहरूको संरक्षण र उनीहरूको प्राकृतिक बासस्थानको पुनर्स्थापना गरी दिगो भविष्य कायम गर्न मद्दत गर्नेछ ।“

यस परियोजनाले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने प्रयासमा पनि योगदान पु¥याउँछ, प्राकृतिक प्रकोपबाट जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिँदै स्थानीय इकोसिस्टम र समुदायको स्वास्थ्य सुधार गर्न र जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button