प्रधानमन्त्री पत्नी सीता दाहाललाई श्रद्धाञ्जली (तस्वीर)

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।

बुधबार अपराह्न पशुपतिनाथ आर्यघाटमा दाहालको अन्तिम संस्कार गरिएको छ। यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो।

उनलाई पूर्व प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ