काठमाडौ । सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ।
बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण पाएको उल्लेख गरेको छ।
बैंकले आइएसो २७००१: २०१३ प्राप्त गरेको हो।
बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो।
बैंकले सात प्रदेशमा १ सय ३२ कार्यालय र एक सय २२ एटिएममार्फत् ग्राहकहरूलाई सेवा दिँदै आएको छ।