Info-TechShare Market

सन नेपाल लाइफको आईपिओ खुल्यो, कति दिने आवेदन

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि (आज) बाट श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ निष्काशन गरेको छ ।

कम्पनीले साउन १५ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १ सय ३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २ सय ३९ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । तर आईपिओ भर्ने संख्या धेरै हुनाले १० कित्ता भन्दा बढि नपर्ने देखिन्छ ।

शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।

अहिले कम्पनीको चुक्ता पुंजी २ अर्ब २४ करोड रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड पुग्ने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button