BankingTrending

एनआईसीएशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै रु. २लाख सम्मको कर्जा तुरुन्तै पाइने

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराकासाथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको अर्को एक उत्कृष्ट योजना ग्राहक महानुभावहरू माझ ल्याएकोछ। यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेप राख्नु भएका ग्राहक महानुभावहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइट(https://loan.nicassiabank.com)बाट आवेदन दिई निक्षेपको ९० प्रतिशत सम्म
वाअधिकतम रू.२लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्नुहुनेछ।उक्त विकल्प छनौट
गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिने छ र यसपछि ग्राहकमहानुभावहरूले आफूले चाहेको कर्जारकमको विवरण भरेपछि रू.२ लाख सम्मको कर्जाको लागिआवश्यक विवरण भरेपछि ओटीपी (OTP)कोड प्राप्त हुनेछ।अब उक्तओटीपी कोड हालेर सर्तमञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहक महानुभावहरूको खातामा तुरुन्तै जम्मा हुनेछ। साथै, यस योजन मार्फत रू. २ लाख भन्दामाथिको कर्जाको हकमा भने ग्राहकमहानुभावहरूले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नु हुनेछ।यसरी मुद्दती खाता कर्जा प्राप्त
गर्नुहुने ग्राहकमहानुभावहरूले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेकोछ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्वहुने दिनकोअघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ। न्यूनतमरू.५हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहक महानुभावहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृयाशुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंकहो।यस बैंकले मुलुकभर ३६०शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेकोछ। देशको कुल जनसंख्या मध्ये२० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको
आर्थिकरूपमासक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।देशकोअर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवापुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू.१९अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबै भन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ।जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो। वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यूनरहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तारगरी सञ्चालन गर्दै आइरहेको छ।देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button