BrandingBusiness NewsCorporateShare Market

शेयर निष्काशन गर्न सेतीखोला हाइड्रोपावरले गर्‍यो कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ६०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र का स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


उक्त सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नु भयो ।

सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. एक अर्ब पचास करोड रूपैयाँ, जारी पूँजी रु. एक अर्ब पचास करोड रूपैयाँ, र चुक्ता पूँजी रु. अठासी करोड छयालिस लाख पैचालीस हजार रूपैयाँ रहेको छ ।


सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा अषाढ, २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो ।

उक्त संस्थामा मुख्य लगानीकर्ता Dolma Impact Fund II रहेको छ जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत शेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ ।
यस कम्पनी अध्यक्ष अनुप आचार्य रहनुभएको छ भने सञ्चालकको रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् ।

उक्त संस्थाको २२ मेगावाट क्षमता भएको बार्षिक उत्पादन क्षमता १३७.१८ GWh रहेको छ र श्रावण १३ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button