Banking

मौद्रिक नीतिप्रति नेपाल बैंकर्स संघ सन्तुष्ट

काठमाडौ । नेपाल बैंकर्स संघले मौद्रिक नीति कर्जा विस्तारको लक्ष्यलाई सहयोग पुग्ने दाबी गरेको छ ।

निजी क्षेत्रका व्यवसायीले मौद्रिक नीतिमा चालु आर्थिक वर्षका निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशत राखिएको भन्दै असन्तुष्टि जनाइरहेको अवस्थामा बैंकर्स संघले कर्जा विस्तारको लक्ष्यलाई सघाउने दाबी गरेको हो ।

बैंकर्स संघले उत्पादनमूलक क्षेत्रमा कर्जा जाओस् भन्ने मौद्रिक नीति आएको बताएको छ ।हाउजिङ लोनमा पनि केही हदसम्म सहजता दिन खोजिएको सका अध्यक्ष सुनिल केसीले बताउनुभयो ।

मौद्रिक नीतिले पहिलो पटक आवासीय घर कर्जा लिनेलाई कर्जा पाउने सीमा डेढ करोडबाट बढाएर २ करोड पुर्‍याएको छ । यसले गर्दा निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरुलाई सहज हुने केसीको भनाइ छ।

अध्यक्ष केसीले राष्ट्र बैंकको निर्देशन अनुसार असारमा स्प्रेड दर ४ प्रतिशत झारेका कारण आगामी दिनमा ब्याजदर थप घट्दै जाने बताएका हुन् । पछिल्लो समय व्यवसायीहरुले माग गरे अनुसार नै ब्याजदर घट्दै गएको बताउनुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button