
BreakingBusiness NewsTrending
आयोजनाले बुझाउन थाले वातावरणीय स्वःअनुगमन प्रतिवेदन
काठमाडौं- नेपालमा सञ्चालित आयोजनाहरुले सरकारलाई वातावरण स्वःअनुगमन प्रतिवेदन बुझाउन थालेका छन् । वातावरण विभागका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा कुल ७८ वटा आयोजनाले यस्तो प्रतिवेदन बुझाएका छन् । जसमा धेरैजसो उद्योगहरु रहेका छन् । यस आवमा ७८ वटा आयोजनाबाट कुल १०६ वटा यस्ता प्रतिवेदन प्राप्त भएको विभागले जानकारी दिएको छ ।
वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा हरेक ६/६ महिनामा स्वःअनुगमन गरी प्रतिवेदन वातावरण विभागमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । जसमा आफ्नो आयोजनाको निर्माण तथा सञ्चालनका क्रममा वातावरणमा परेको प्रतिकूल प्रभाव न्यूनीकरणका उपाय र त्यसको प्रभावकारिताका सम्बन्धमा उल्लेख भएको हुनुपर्छ ।