BreakingEntertainmentTrending

फिल्म हामी तीन भाईको छायांकन सुरु

काठमाडौँ- मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने फिल्म हामी तीन भाईको छायांकन सुरु भएको छ । असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा स्कृप्ट पुजा गरेर शुभमुर्हूत गरिएको फिल्मको शुक्रबारबाट मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, यादव देवकोटा सरापे, भुवनकुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, विकास चापागाईं, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ ।

निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ फिल्मको सहनिर्मातामा छन् । बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button