BreakingTrending

धार्मिक सद्‌भाव बिथोल्ने संविधानविपरीतका गतिविधि भइरहेका छन्, छानबिन गरियोस् : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत् उनले सो माग गरेका हुन् । स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै उनले यस्ता संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् । 

धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 

यसबारे फेसबुकमा लेखेकाा छन् :

आफ्नो रुचिको धर्म मान्न पाइन्छ । स्वेच्छाले आफ्नो निजी मान्यता बदल्न पनि पाइन्छ तर अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सदभाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न पाइदैन । संविधानले समेत यसलाई बर्जित गरेको छ। धरानमा गोरु काटेर भोज खाँदै गरेको भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । त्यसमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक छन् । यस्ता हर्कतहरु रोकिनुपर्छ, साथै धार्मिक सदभाव बिथोल्ने नियतबाट गरिएका यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गरिनुपर्छ भन्नेमा स्पष्ट छौं, नेपाल सरकार र प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button