Breaking

कोशी प्रदेश सरकारविरुद्धको रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा

काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वास मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएकोविरुद्ध कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।

प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिबाट विश्वास प्राप्त गर्नु असंवैधानिक काम भएको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए ।
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button